५२.३ अर्ब डलर आएपछि गैरआवासीय भारतीयको विदेशी मुद्रा योजना बन्द गर्दै आरबीआई

काठमाडौँ। भारतको रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) ले गैरआवासीय भारतीय (NRI) का लागि ल्याएको विशेष विदेशी मुद्रा निक्षेप सुविधा अगस्ट ३१, २०२६ देखि समय अगावै बन्द गर्ने भएको छ। आरबीआईका अनुसार यस योजनामार्फत अहिलेसम्म ५२.३ अर्ब अमेरिकी डलर अर्थात् करिब ५२ अर्ब डलरभन्दा बढी रकम भारत भित्रिएको छ।

योजनामा आएको उत्साहजनक प्रतिक्रियाका कारण नयाँ FCNR(B) निक्षेप लिने सुविधा अगस्ट ३१ मै बन्द गर्न लागिएको हो। आरबीआईले जुन ८ मा बैंकहरूलाई विदेशमा रहेका भारतीयबाट ३ देखि ५ वर्षका FCNR(B) निक्षेप संकलन गरी ती विदेशी मुद्रा RBI सँग विशेष दरमा स्वाप गर्न अनुमति दिएको थियो।

अगस्ट १३ सम्म FCNR(B), OFCB र ECB गरी तीन माध्यमबाट कुल ५६.८४६ अर्ब डलर भारत भित्रिएको छ। यसमध्ये OFCB बाट २.८०५ अर्ब डलर र ECB बाट १.७४१ अर्ब डलर आएको छ।

अगस्ट ३१ पछि नयाँ FCNR(B) निक्षेप लिन पाइने छैन, तर यसअन्तर्गत संकलन भएको रकमको RBI सँग स्वाप भने सेप्टेम्बर ११ सम्म गर्न सकिनेछ। ECB र OFCB सम्बन्धी सुविधा भने डिसेम्बर ३१, २०२६ सम्म खुला रहनेछ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्