काठमाडौँ। एनआईसी एशिया क्यापिटल लिमिटेडले लाभांश वितरण गर्ने भएको छ। क्यापिटलले आर्थिक वर्ष २०८२-८३ को नाफाबाट आफ्ना सेयरधनीहरूलाई ५० प्रतिशत (करसहित) नगद लाभांश वितरण गर्ने भएको हो।
साउन २६ गते सम्पन्न संचालक समितिको १७४औं बैठकको निर्णयानुसार क्यापिटलको दशौं वार्षिक साधारण सभा यही मिति २०८३ साल भाद्र २६ गते शुक्रबारका दिन हुने भएको छ।
उक्त वार्षिक साधारण सभाबाट आर्थिक वर्ष २०८२-८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने तथा संचालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको ५० प्रतिशत (कर सहित) नगद लाभांश वितरण गर्न स्वीकृति प्रदान गर्ने लगायतका प्रस्तावहरु उपर छलफल गरि पारित गर्ने कम्पनीले जनाएको छ।
साथै, क्यापिटलले आफ्नो सेवालाई सर्वसुलभ र प्रविधिको प्रयोग मार्फत ग्राहकहरु माँझ पुर्याउन ‘अब लाईनमा होइन, क्यापिटलको सेवा अनलाइनमा’ भन्ने मुल नाराका साथ अगाडी बढेको यस क्यापिटलले आर्थिक वर्ष २०८२-०८३ को अन्त्य सम्ममा क्यापिटलबाट प्रदान गरिने अधिकांश सेवाहरु अनलाइनमार्फत उपलब्ध गराउने व्यवस्था मिलाउन समेत सफल भएको छ ।


