काठमाडौँ। लक्ष्मी सनराइज बैंकका केही बैंकिङ सेवा अवरुद्ध हुने भएको छ। बैंकले एक सूचना जारी गर्दै आफ्ना केही बैंकिङ सेवा केही घण्टाका लागि अवरुद्ध हुने जनाएको हो ।
बैंकले जारी गरेको सूचना अनुसार २०८३ साउन २५ गते राति १० बजेदेखि साउन २६ गते मंगलबार बिहान १ बजेसम्म बैंकका कार्ड, एटीएम तथा पीओएस लगायतका सेवाहरू बन्द हुने भएका हुन्।
उक्त अवधिमा मोबाइल मनी र इन्टरनेट बैंकिङ सेवा भने यथावत् सञ्चालनमा रहनेछन्। सेवा अवरुद्ध हुन लागेको भन्दै बैंकले ग्राहकलाई आवश्यक कारोबार त्यसअघि नै व्यवस्थापन गर्न आग्रह गरेको छ।
सेवा अवरुद्ध हुँदा ग्राहकमा पर्न सक्ने असुविधाप्रति बैंकले क्षमायाचना समेत गरेको छ। सूचनासहित:



