बैंकिङ्ग कसुर मुद्दामा ५० वर्षिय बिजय खड्का पक्राउ (सूचनासहित)

काठमाडौँ। बैंकिङ्ग कसुर मुद्दामा एक जना व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा ५० वर्षिय बिजय खड्का रहेका छन्।

जिल्ला सर्लाही साबिक हरिवन गा.बि.स. वडा नं.९ हाल परिवर्तित हरिवन नगरपालिका वडा नं. ११ घर भइ हाल जिल्ला काठमाडौँ चांगुनारायण नगरपालिका वडा नं.२ दुवाकोट बस्ने खड्कालाई प्रहरीले मलंगवाबाट पक्राउ गरेको हो।

उनीमाथि बैंकिङ कसुर मुद्दामा बिगो १५ लाख तोकिएको थियो।

प्रहरीले पठाएको सूचना अनुसार हाल यस घटनाको थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि बिजय खड्कालाई इलाका प्रहरी कार्यालय हरिवन, सर्लाही पठाइएको छ ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्