काठमाडौं । हुँदै नभएको पैसा कसरी इमनि मार्फत बजारमा भ्रमको व्यापार हुन्छ भन्ने तथ्य राष्ट्र बैंकले उजागर गरिदिएको छ । नेपाल राष्ट्र बैंकले केही वालेट कम्पनीहरूले बैंकमा रहेको वास्तविक मौज्दातभन्दा बढी रकम बराबरको ई-मनी जारी गरेको गम्भीर तथ्य सार्वजनिक गरेको छ । यसले बर्षौंदेखि हुँदै आएको फेक इमनि धन्दाको खुलासा भएको छ ।
भुक्तानी प्रणाली निरीक्षण प्रतिवेदनअनुसार सेटलमेन्ट बैंक खातामा रहेको रकमभन्दा बढी डिजिटल मुद्रा ग्राहकको वालेटमा पठाइएको भेटिएको हो ।
राष्ट्र बैंकका अनुसार, कुनै पनि बेला भुक्तानी प्रणालीमा गम्भीर संकट आउने र वालेट नै कोल्याप्स हुने डर हुन्छ । यस विषयमा थप निगरानी बढाइने राष्ट्र बैंकले जनाएको छ ।
सैबीच राष्ट्र बैंकले नियम उल्लंघन गर्ने एक दर्जनभन्दा बढी वालेट तथा भुक्तानी सेवा कम्पनीमाथि कारबाही गरेको छ । राष्ट्र बैंकले पे-वेल नेपाल प्रालि र सजिलो पे पेमेन्ट सर्भिसेसको लाइसेन्स २०८२ असार ५ गते खारेज गरिएको जनाएको छ भने नेपाल पे-टाइम प्रालिको लाइसेन्स नवीकरणसमेत रोकेको बताएको छ ।
Payment-Oversight-Report-2024-25-1

