काठमाडौँ। कामना सेवा विकास बैंक लाभाशं घोषणा गर्ने पहिलो बैंक बनेको छ। बैंकले आ.व. २०८२-८३ को संचित मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभाशं घोषणा गरेको छ ।
बैंकले अग्राधिकार सेयरधनीहरुलाई अग्राधिकार सेयर बाँडफाँड भएको मितिबाट असार मसान्त, २०८३ सम्म अनुपातिक रुपमा ९ प्रतिशत र साधारण सेयरधनीहरुलाई १५ प्रतिशत नगद लाभाशं (कर समेत) घोषणा गरेको हो ।
उक्त लाभाशं नेपाल राष्ट्र बैंकको स्वीकृती तथा बैंकको २० औं वार्षिक साधारणसभाबाट पारित भए पश्चात् सेयरधनीहरुले प्राप्त गर्नेछन् । गत वर्ष बैंकले बोनस सेयर र नगद लाभांश गरी जम्मा १५.७८९५ प्रतिशत लाभाशं वितरण गरेको थियो ।
बैंकको मिति २०८३ साउन २२ गते शुक्रबार दिनको ४ बजे बैंकको केन्द्रीय कार्यालयमा बसेको सञ्चालक समितिको ४१९ औं बैठकले उक्त प्रस्ताव पारित भएको बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले बताउनुभयो ।


