वालेट कम्पनीमा बदमासी, सञ्चालक र सेयरधनीले नै गैरकानुनी रुपमा चलाउँछन् कम्पनीको पैसा !

काठमाडौँ । नेपाल राष्ट्र बैंकले केही वालेट कम्पनीका सञ्चालक र सेयरधनीले कम्पनीको रकम व्यक्तिगत प्रयोजनमा प्रयोग गरेको खुलासा गरेको छ।

राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदन अनुसार निरीक्षणका क्रममा सञ्चालक र सेयरधनीहरूले कम्पनीबाट ऋण तथा एड्भान्सका रूपमा रकम लिएको तथा ग्राहकको रकम सुरक्षित राख्नुपर्ने सेटलमेन्ट खातासमेत अन्य प्रयोजनमा प्रयोग गरिएको पाइएको छ ।

कतिपय कम्पनीमा कम्प्लायन्स अफिसरलाई नै सुपर एडमिन अधिकार दिइएको र त्यसैमार्फत सेटलमेन्ट खाताबाट वालेटमा रकम सारिएको खुलासा राष्ट्र बैंकले गरेको छ । यस्तो कार्यले संस्थागत सुशासनमाथि गम्भीर प्रश्न उठाएको प्रतिवेदनमा उल्लेख छ ।

यसैबीच राष्ट्र बैंकले नियम उल्लंघन गर्ने एक दर्जनभन्दा बढी वालेट तथा भुक्तानी सेवा कम्पनीमाथि कारबाही गरेको छ । राष्ट्र बैंकले पे-वेल नेपाल प्रालि र सजिलो पे पेमेन्ट सर्भिसेसको लाइसेन्स २०८२ असार ५ गते खारेज गरिएको जनाएको छ भने नेपाल पे-टाइम प्रालिको लाइसेन्स नवीकरणसमेत रोकेको बताएको छ ।

यस्तै प्रभु टेक्नोलोजी, खल्ती प्रालि, आई-क्यास र फिनटेक प्रालिलाई विभिन्न मितिमा चेतावनी दिइएको बताएको छ । राष्ट्र बैंकले गरेको इन्सपेक्सनका क्रममा सबैभन्दा बढी साधारण कैफियत इसेवामा देखिएको बुझिएको छ ।

Payment-Oversight-Report-2024-25-1

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्