PRABHU BANK

सानिमा बैंक र आईएमएस स्मार्टबीच सम्झौता, बैंकका ग्राहकले सामसङका नयाँ मोबाइल मासिक किस्तामा किन्न पाउने

 Sanima Bankकाठमाडौं । सानिमा बैंक लिमिटेड र नेपालस्थित सामसुङ मोबाइल फोनको आधिकारिक बिक्रेता आईएमएस नेपालबीच सम्झौता भएको छ ।
यस सम्झौता अन्तर्गत सानिमा बैंकका ग्राहकले सामसुङको मोबाइल सेट सहज रुपमा मासिक किस्तामा खरिद गर्न सक्नेछन् ।
सानिमा बैंकका ग्राहकले डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी सामसुङ कम्पनीका स्मार्ट फोनहरु रिकमेन्डेड रिटेल मूल्यमा खरिद गर्न सक्नेछन् । यसैगरी बैंकको क्रेडिट कार्ड प्रयोगकर्ताले आकर्षक ब्याजदरका साथ १८ महिनासम्मको मासिक किस्तामा भुक्तानी गर्न सक्नेछन् ।
साथै भर्खरै अन्तर्राष्ट्रिय बजारमा सार्वजनिक गरिएको ग्यालेक्सी एस२० र ग्यालेक्सीएस२० प्लस विशेष मूल्यमा प्रिबुक गर्दा प्रिबुकिङ उपहार समेत प्राप्त गर्न सक्नेछन् ।
सो सम्झौतामा बैंकका तर्फबाट डिजिटल बैंकिङ विभाग प्रमुख बिक्रम श्रेष्ठ र आईएमएस नेपाल प्रालिको तर्फबाट सेल्स तथा अपरेशन म्यानेजर नारायणप्रसाद भुसालले हस्ताक्षर गरेका थिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै