PRABHU BANK

एक्सेल डेभलपमेण्ट बैंकको बोनस सेयरमा मूल्य समायोजन, प्रतिकित्ता कति ?

 excel development bank
  • बैंकिङ संसार
काठमाडौं । एक्सेल डेभलपमेण्ट बैंक लिमिटेडको १७.१० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ ।  समायोजनपछि बैंकको सेयर मूल्य प्रतिकित्ता ३२० रुपैयाँ कायम भएको छ ।
कम्पनीले १७ दशमलव १० प्रतिशत वोनस सेयर र करको शुन्य दशमलव ९० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । कम्पनीको १३ औं सभाले ५५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको थियो । कम्पनीले हालसम्म सो हकप्रद निष्काशन गरेको छैन । अब, कम्पनीले वोनस सेयर वितरणपछि कायम हुने पुँजीको आधारमा ३० प्रतिशत हकप्रद निष्कासन गर्ने विशेष प्रस्ताव सभामा राखेको छ । 
सभाले संचालक समितिका सदस्यहरुको बैठक भत्ता तथा होटल बास खर्च सम्बन्धमा छलफल गर्ने, रिक्त रहेको संचालक पदमा बाँकी अवधीको लागि संचालक चयन गर्ने र स्वतन्त्र संचालकको नियुक्ती अनुमोदन गर्ने छ ।
बैंकले १४ औं वार्षिक साधारण सभा चैत २० गते होटल होलिडे होम, झापामा विहान ११ बजे सेयरधनीलाई बोलाएको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै