PRABHU BANK

सिटिजन्स बैंकको विषेश साधारण सभा स्थगित

 citizens Bankबैंकिङ संसार
काठमाडौं । सिटिजन्स बैंकको ५औं विशेष साधारण सभा स्थगित भएको छ । बैंकले चैत १० गतेका लागि तय गरिएको विषेश साधारण सभा आइतवार एक सूचना जारी गरी अर्को सूचना प्रकाशित नभएसम्मको लागि उक्त विशेष साधारण सभा स्थगित गरिएको जानकारी दिएको छ ।
बैंकको चैत ८ गते बसेको सञ्चालक समितिको ३३०औैं बैठकले उक्त निर्णय गरेको हो । हाल विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) को जोखिम र सरकारबाट जारी निर्देशन र सूचना अनुसार विशेष साधारण सभा स्थगित गरिएको बैंकले जनाएको छ ।
बैंकले सहयोगी विकास बैंकलाई प्राप्ति गर्ने विशेष प्रस्ताव पारित गर्न विषेश साधारण सभा बोलाइएको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै