काठमाडौँ। कर्णाली डेभलपमेण्ट बैंकका निक्षेपकर्ताले संघर्ष समिति गठन गर्ने भएका छन्। ३ जिल्लामा फैलिएका बैंकका प्रत्येक १९ शाखासहित र केन्द्रीय संघर्ष समिति गठन गर्ने भएका हुन्।
उनीहरूले साउन ५ गते कर्णाली विकास बैंक पीडित संघर्ष समितिको परिकल्पना नै गरिसकेका छन् भने अन्तिम टुङ्गो लगाउन भने बाँकी छ।
कर्णाली विकास बैंक पीडित संघर्ष समिति नामक केन्द्रीय समिति हुनेछ भने तल्लो तहका रुपमा १९ वटै शाखामा समिति हुनेछन्।
कर्णाली डेभलपमेण्ट बैंकमा जम्मा गरेको निक्षेप फिर्ता नपाएको भन्दै पीडित बचतकर्ताहरूले काठमाडौंको माईतीघर मण्डलामा विरोध प्रदर्शन समेत गरेका थिए।
बाँके, बर्दिया र दाङ जिल्लामा रहेका बैंकका १९ वटा शाखा कार्यालयका बचतकर्ताहरूले काठमाडौंमा भेला भई प्रदर्शन गरेका थिए।
लामो समयदेखि आफ्नो निक्षेप फिर्ता पाउन नसकेको र सम्बन्धित निकायले मागको सुनुवाई नगरेको उनीहरूको गुनासो छ । आन्दोलनमा होमिएका निक्षेपकर्ताले रगत पसिना मेहनत र रेमिटेन्सको पैसा फिर्ता गर्नुपर्ने उनीहरूको माग छ।
‘बचत फिर्ता देऊ’ भन्दै कर्णाली डेभलपमेन्ट बैंकका बचतकर्ताद्वारा प्रदर्शन, बेवास्ता गरेको आरोप !
कर्णाली डेभलपमेन्ट बैंकबाट ४७ करोड ९४ लाख निक्षेप फिर्ता भएको खुलासा, अवाञ्छित गतिविधि नगर्न आग्रह !


