PRABHU BANK

मितेरी डेभलपमेन्ट बैंकको खुद नाफा १५.४३ प्रतिशतले बढ्यो

 miteri devlopment bank
  • बैंकिङ संसार
काठमाडौं – मितेरी डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०७६/७७ को तेश्रो त्रैमासमा खुद नाफा २ करोड ८ लाख १२ हजार रुपैयाँ कमाउन सफल भएको छ । बैंकले सार्वजनिक गरेको रिपोर्ट अनुसार यो नाफा गत वर्षको सोहि अवधिको तुलनामा १५.४३ प्रतिशतले धेरै हो । गत वर्ष बैंकले १० करोड ४६ लाख ५५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको वितरण योग्य नाफा ६ करोड १४ लाख ५९ हजार रुपैयाँ रहेको छ । 

यस्तै, खुद व्याज आम्दानी ३.२७% ले वृद्धि गरी २० करोड ३८ लाख ४९ हजार रुपैयाँ आर्जन गरेको छ । सञ्चालन नाफा १५.४३ प्रतिशतले बढाएर १७ करोड २५ लाख ८९ हजार रुपैयाँ पुर्याएकाे छ । त्यस्तै, बैंककाे प्रतिसेयर आम्दानी २३ रुपैयाँ २३ पैसा रहेकाे छ । बैंककाे प्रतिसेयर नेटवर्थ १३७ रुपैयाँ ९६ पैसा रहेकाे छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै