छिमेक लघुवित्तको संस्थापक सेयर बिक्रीमा

काठमाडौँ। छिमेक लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्री गर्ने भएको छ । कम्पनीले संस्थापक सेयरधनीको नाममा रहेको ४ हजार ४१४ कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री गर्न लागेको हो।

उक्त परिमाणको सेयर खरिदका लागि अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाहरूले आवेदन दिन सक्नेछन् । कम्पनीले यसअघि असार २ गतेबाट विद्यमान संस्थापक सेयरधनीका लागि बिक्रीमा राखेको सेयरमा संस्थापक सेयरधनीबाट कुनै आवेदन नपरेकाले सर्वसाधारणका लागि सेयर बिक्री गर्न लागिएको हो ।

सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ४७५ रुपैयाँ तोकिएको छ । सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन पेस गर्नुपर्नेछ ।

 

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै