अर्थशास्त्रमा एमफिल गरेका पवन रेग्मी राष्ट्रिय वाणिज्य बैंकको डिसिइओमा नियुक्त

काठमाडौँ। राष्ट्रिय वाणिज्य बैंकको नायब प्रमुख कार्यकारी अधिकृत (डिसिइओ) मा पवन रेग्मी नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको असार ३२ गते बसेको बैठकले सो पदमा रेग्मीलाई नियुक्त गरेको हो।

उप-कार्यकारी अधिकृत (डीईओ) रेग्मी डिसीईओ पदमा बढुवा भएका हुन्।

उनले अर्थशास्त्रमा एमफिल गरेका छन् । उनी हाल बैंकका सूचना अधिकारी समेत हुन् । २०६२ सालमा बैंक छिरेका रेग्मीले बैंकको विभिन्न विभागहरुमा अनुभव बटुलीसकेका छन् ।

 

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै