काठमाडौँ। माछापुच्छ्रे बैंकको सिनियर डीसिइओमा प्रसिद्ध राज अर्याल र नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सिइओ) मा सुभाष जमरकट्टेल नियुक्त भएका छन्। बैंकले व्यवस्थापन तहमा पदोन्नति गर्दै प्रसिद्ध राज अर्याललाई डीसिइओमा र सुभाष जमरकट्टेललाई डेपुटी सिइओ पदमा बढुवा गरेको हो ।
बैंक सञ्चालक समितिको साउन ४ गते बसेको बैठकले हाल नायब प्रमुख कार्यकारी अधिकृत रहेका अर्याललाई वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतमा तथा नायब महाप्रबन्धकको जिम्मेवारी सम्हालिरहेका जमरकटेललाई नायब प्रमुख कार्यकारी अधिकृतमा पदोन्नति गर्ने निर्णय गरेको हो।
व्यापार प्रशासन विषयमा काठमाडौं विश्वविद्यालयबाट स्नातकोत्तर गरेका अर्यालसँग बैंकिङ क्षेत्रमा करिब दुई दशकको अनुभव छ।
उनले कर्जा व्यवस्थापन, ट्रेजरी, करेसपोन्डेन्ट बैंकिङ्ग, शाखा सञ्चालन तथा लघुवित्तलगायत विभिन्न क्षेत्रमा काम गरिसकेका छन्।
यसअघि उनी सिभिल बैंक, सनराइज बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकमा समेत विभिन्न जिम्मेवारी सम्हालिसकेका छन्।


