नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका सिइओ ज्योतिप्रकाश पाण्डेलाई मातृशोक, ९१ वर्षमा इन्दिराको नर्भिक अस्पतालमा निधन !

काठमाडौं। नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ ) ज्योतिप्रकाश पाण्डेलाई मातृशोक परेको छ। सिइओ पाण्डे की आमा इन्दिरा पाण्डेको ९१ वर्षको उमेरमा निधन भएसँगै ज्योतिप्रकाश पाण्डेलाई मातृशोक परेको हो।

उनको आमाको मंगलबार बिहान नर्भिक अस्पतालमा निधन भएको बुझिएको छ।

सिइओ ज्योतिप्रकाश पाण्डेकी आमा लामो समयदेखि श्वासप्रश्वास लगायत रोगबाट पीडित थिइन्। उनको आजै पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिने भएको छ।

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै