बैंकको खातामा पैसा नहुँदा नहुँदै पनि जाली चेक दिने कृष्ण कुमार राई पक्राउ, अब हुन्छ जेलको बास !

काठमाडौँ। बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्।  कीर्तिपुर नगरपालिका २ बस्ने इलाम देऊमाई नगरपालिका २ घर भएका ३६ वर्षीय कृष्ण कुमार राईलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला अदालत इलामबाट उक्त मुद्दामा पक्राउ अनुमति प्राप्त भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका १४ बल्खुबाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय इलाम पठाइएको छ ।

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै