काठमाडौँ। नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से ) बिहीबार ८.५० अङ्कले ओरालो लागेर २६५१.५२ मा सीमित भएको हो ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.६४ अङ्कले ओरालो लागेर ४५८.२३ मा सीमित भएको छ । कूल तीन सय ३८ कम्पनीको ६४ लाख ८० हजार ५९९ कित्ता सेयर रु दुई अर्ब ८३ करोड ८२ लाख ७९ हजार ४११ मूल्यमा खरिद बिक्री भएको छ ।
कारोबारका आधारमा सोापान फर्मासिटिकल्स शीर्ष स्थानमा छ । त्यस्तै, रिलायन्स स्पिनिङ मिल्स, सप्तकोशी डेभलपमेन्ट बैंक, आँखुखोला जलविद्युत् कम्पनी र नेपाल एसबिआई बैंक शीर्ष पाँचभित्र परेका छन् ।
टक्सार पिलुवा खोला हाइड्रोपावर, याम्बालिङ हाइड्रोपावर, कालिका लघुवित्त, सप्तकोशी डेभलपमेन्ट बैंक, रिलायन्स स्पिनिङ मिल्सका लगानीकर्ताले आज कमाएका छन् । भुजुङ हाइड्रोपावर, सिवाइसी नेपाल लघुवित्त, भगवती हाइड्रोपावर, सानिमा डिवेञ्चर र थ्री स्टार हाइड्रोपावरका लगानीकर्ताले आज गुमाएका छन् ।

