PRABHU BANK

नेपाल बैंकको सहुलियत कर्जा योजना सार्वजनिक, घर कर्जामा ७.९९ प्रतिशत व्याज दिने !

 Nepal Bank
  • बैंकिङ संसार 
काठमाडौं । नेपाल बैंकले सहुलियत कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले उक्त योजनामा  घर कर्जा, नयाँ लघु उद्यम तथा सम्वृद्ध व्यवसाय कर्जा र घडेरी कर्जा रहेका छन् ।  बैंकले ५ वर्षसम्मको लागि ७.९९ प्रतिशतमा घर कर्जा, १ वर्षसम्मको लागि ८.९९ प्रतिशतमा लघु उद्यम कर्जा तथा सम्वृद्ध व्यवसाय कर्जा र १ वर्षसम्मको लागि ९.९९ प्रतिशतमा  ब्याजदरमा घडेरी कर्जा प्रदान गर्ने भएको छ । 
घर निर्माण, घर खरिद तथा तला थप गर्नको लागि घर कर्जा पाइने छ । त्यस्तै अन्य बैंकमा रहेको घर कर्जासमेत स्वाप गर्ने सुविधा रहेको बैंकले जनाएको छ । लघु उद्यम कर्जा तथा व्यवसाय कर्जा प्राप्त गर्नको लागि सम्बन्धित निकायमा दर्ता गर्नुपर्नेछ । लघु उद्यम कर्जा ग्राहकले आवश्यक सम्पूर्ण कागजात पेश गरेको ७ दिन भित्र निर्णय गरी प्रदान गर्न सकिने व्यवस्था रहेको छ ।

लघु उद्यम कर्जा २५ लाख रूपैयाँदेखि ९९ लाख रूपैयाँसम्म प्राप्त गर्न सकिनेछ भने सम्वृद्ध व्यवसाय कर्जा १ करोड रूपैयाँदेखि ३ करोड रूपैयाँसम्म प्राप्त गर्न सकिनेछ । घडेरी कर्जा प्राप्त गर्नको लागि जग्गा कम्तिमा साढे दुई आना वा साढे चार धुरदेखि बढीमा एक रोपनी वा डेढ कट्ठासम्म क्षेत्रफल भएको हुनुपर्नेछ । यो कर्जाको अवधि ५ वर्षदेखि २० वर्षसम्म कायम गरिएको छ ।

बैंकले नेपालभर १ सय ८६ वटा शाखाहरु, १ सय २५ वटा एटिएम र २९ वटा एक्स्टेन्सन काउण्टरमार्फत आफ्ना ग्राहकहरुलाई बैंकिङ सेवा दिँदै आईरहेको छ । बैंकले आगामि वर्ष १ सय ८६ शाखाबाट २ सय १४ शाखा पुर्याउने लक्ष्य लिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै