‘मौद्रिक नीति आर्थिक स्थायित्व सुनिश्चित गर्न केन्द्रित हुन्छ’

काठमाडौँ। नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले आगामी मौद्रिक नीति ब्याजदर र वित्तीय स्थायित्व सुनिश्चित गर्न केन्द्रित हुने बताएका छन् । नेपाल उद्योग परिसंघसँगको भेटमा गभर्नर पौडेलले आगामी मौद्रिक नीति वित्तीय स्थायित्व सुनिश्चित गर्न केन्द्रित हुने बताएका हुन् ।

उनले आगामी मौद्रिक नीति मुख्यत: ब्याजदर तथा वित्तीय स्थायित्व सुनिश्चित गर्न केन्द्रित हुने बताएका छन् ।

परिसंघले गभर्नर डा. पौडेललाई आर्थिक वर्ष २०८३-८४ को मौद्रिक नीतिका लागि नेपाल राष्ट्र बैंकलाई सुझाव दिएको छ । परिसंघको तर्फबाट अध्यक्ष वीरेन्द्रराज पाण्डेले गभर्नर डा. पौडेललाई आगामी मौद्रिक नीतिका लागि सुझाव हस्तान्तरण गरेका हुन् ।

परिसंघले बाह्य क्षेत्रका समष्टिगत सूचकहरू उत्साहजनक एवं बलियो रहेको तर आन्तरिक आर्थिक गतिविधिहरू भने लामो समयदेखि लयविमुख रहेको अवस्थालाई ध्यानमा राखेर मौद्रिक नीति ल्याउन सुझाएको छ ।

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै