काठमाडौँ। स्रोत नखुलेको नगद ११ लाख रुपैयाँ सहित एक जना व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा काठमाडौँ तारकेश्वर बस्ने नुवाकोट ककनी गाउँपालिका ५ घर भएका ३९ वर्षीय समिर लामा रहेका छन्।
काठमाडौँ महानगरपालिका ४ धुम्बाराहीबाट स्रोत नखुलेको नगद ११ लाख रुपैयाँ सहित लामालाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो।
प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले बा.प्र.०२-०६५ प ५७८८ नम्बरको स्कुटरमा सवार उनलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।
हाल यस घटनाको प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

