बैंक खातामा पैसा नहुँदा नहुँदै पनि जाली चेक दिने बाबुराम श्रेष्ठ पक्राउ, अब हुन्छ जेलको बास !

काठमाडौँ। बैंकिङ कसुर मुद्दामा एक जना व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा धादिङको निलकण्ठका बाबुराम श्रेष्ठ रहेका छन् ।

बिगो बापत २ वर्ष कैद तोकिएका उनी पक्राउ परेका हुन्।

काठमाडौँ जिल्ला अदालत, ववरमहलले उनीमाथि ४३ लाख रुपैयाँ बापत २ वर्ष कैद फैसला गरेको थियो । उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीको टोलीले काठमाडौँको महाबौद्धबाट पक्राउ गरेको हो ।

उनलाई पक्राउ गरी फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालत बबरमहलमा उपस्थित गराइएको प्रहरीले जनाएको छ।

 

 

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै