एभरेष्ट कलर लिमिटेडको आईपीओ असार ४ गते बाँडफाँड, २६ लाख ४१ हजार बढी आवेदन स्वीकृत, हजुरहरूलाई पर्यो ?

काठमाडौँ। एभरेष्ट कलर लिमिटेडको आईपीओ असार ४ गते बाँडफाँट भएको छ। कम्पनीको सेयर निष्काशन बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयमा आज आईपीओ बाँडफाँट भएको हो।

कम्पनीले गत जेठ २२ गतेदेखि २७ गतेसम्म सर्वसाधारण लगानीकर्ताहरुका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ६ कराड ५५ लाख ७० हजार रुपैयाँबराबरको ६ लाख ५५ हजार ७०० कित्ता सेयर निष्काशन गरेको थियो।

यस आईपीओमा कुल २६ लाख ८७ हजार ४२१ जनाले २ करोड ८८ लाख ३३ हजार ७२० कित्ता सेयरका लागि आवेदन परेको थियो। जसमध्ये २६ लाख ४१ हजार ९५९ आवेदन स्वीकृत भएको छ भने बाँकी आवेदन रद्द भएका छन्।

मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँट गरिएको हो ।

 

 

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै