चेक अनादर मुद्दामा ६ महिना कैद सजाय तोकिएपछि फरार रहेकी अम्पुरा पाण्डेय पक्राउ, अब हुन्छ जेलको बास !

काठमाडौँ। बैंकिङ कसुर मुद्दामा एक जना महिला पक्राउ परेकी छिन्। पक्राउ पर्नेमा धनगढीको उपमहानरपालिका १३ एयरपोर्ट बस्ने अम्पुरा पाण्डेय रहेका छन्।

चेक अनादर मुद्दामा ६ महिना कैद सजाय तोकिएकी उनलाई प्रहरीले पक्राउ गरेको हो।

जिल्ला अदालत कैलालीको फैसला अनुसार उनीमाथि चेक अनादर मुद्दामा ६ महिना कैद तोकिएको थियो। वडा प्रहरी कार्यालय धनगढी, कैलालीबाट खटिएको प्रहरीले उनलाई उनकै घर ठेगानाबाट पक्राउ गरेको हो।

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै