बैंकहरूले सिइओ पद ३ महिनाभन्दा बढी रिक्त राख्न नपाउने, कर्मचारीलाई ओभरटाइम गराउन रोक !

काठमाडौँ। नेपाल राष्ट्र बैंकले उच्च व्यवस्थापक पद खाली भएको ३ महिनाभित्र अनिवार्य नियुक्त गरिसक्नु पर्ने व्यवस्था गरेको हो । बैंक तथा वित्तीय संस्थाले प्रमुख कार्यकारी अधिकृत (सिइओ) तथा उच्च व्यवस्थापकीय पद ३ महिना भन्दा धेरै अवधि रिक्त राख्न नपाउने भएका हुन् ।

बैंक तथा वित्तीय संस्थाको कर्मचारी विनियमावली संशोधन मस्यौदा तयार गर्दै उच्च व्यवस्थापकको नियुक्ति अवधि, ओभर टाइम (ओटी) गर्ने समय लगायत विषयलाई संशोधन प्रस्ताव गरेको हो ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको व्यवस्थापन र कर्मचारी अधिकारलाई थप व्यवस्थित बनाउन नयाँ व्यवस्था लागू गरेको छ।

संशोधित एकीकृत निर्देशनअनुसार अब कुनै बैंक वा वित्तीय संस्थाले प्रमुख कार्यकारी अधिकृत (सिइओ) को पद ३ महिनाभन्दा बढी समयसम्म रिक्त राख्न पाउने छैन। लामो समयसम्म कामु नेतृत्वको भरमा संस्था सञ्चालन गर्ने अभ्यास अन्त्य गर्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको हो।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्