गोर्खाज फाइनान्सको संस्थापक सेयर बिक्रीमा

काठमाडौँ। गोर्खाज फाइनान्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ। कम्पनीले ५ संस्थापक सेयरधनीको नाममा रहेको जम्मा २४ हजार ६७९ कित्ता सेयर बिक्रीमा ल्याएको हो।

कम्पनीले सर्वसाधारण जो कोही व्यक्ति खरिद गर्न मिल्ने गरी संस्थापक सेयर बिक्रीमा ल्याएको हो।

 उक्त सेयर खरिद गर्न इच्छुक जो कोहीले यो सूचना प्रकाशित भएको आजको मितिले १५ दिन भित्र कम्पनीको प्रधान कार्यालय डिल्लीबजार काठमाडौँमा आवेदन दिन सक्नेछन्।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्