वाणिज्य बैंकहरुले निर्माण क्षेत्रमा बढाए कर्जा, १०.५१ प्रतिशतले बढ्यो ऋण लगानी, १० महिनामा झण्डै साढे २८ अर्ब प्रवाह !

काठमाडौँ। वाणिज्य बैंकहरुले निर्माण क्षेत्रमा कर्जा लगानी बढाएका छन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको १० महिना वैशाखसम्मको तथ्यांक अनुसार वाणिज्य बैंकहरुले निर्माण क्षेत्रमा कर्जा लगानी बढाएका हुन्।

२० वाणिज्य बैंकले चालु आर्थिक वर्षको वैशाखसम्म २ खर्ब २८ अर्ब ७९ करोड २५ लाख रुपैयाँ निर्माण क्षेत्रमा कर्जा लगानी गरेका छन्।

अघिल्लो आर्थिक वर्ष २०८१-८२ को वैशाखसम्म निर्माण क्षेत्रमा बैंकहरुबाट २ खर्ब ७ अर्ब ४ करोड २३ लाख रुपैयाँ कर्जा प्रवाह भएको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा निर्माण क्षेत्रमा बैंकहरुको कर्जा लगानी १०.५१ प्रतिशतले बढेको छ।

अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा निर्माण क्षेत्रमा १३ वटा बैंकको कर्जा लगानी बढेको छ भने ७ वटाको घटेको छ। चालु वर्षको वैशाखसम्म निर्माण क्षेत्रमा सबैभन्दा धेरै लगानी बैंकमा नबिल रहेको छ भने वृद्धिदरका हिसाबले माछापुच्छ्रे अगाडि रहेको छ।

यता नबिल बैंकले सबैभन्दा धेरै निर्माण क्षेत्रमा २६ अर्ब ६७ करोड ९६ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले २५ अर्ब ५६ करोड ३१ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो।

अघिल्लो वर्षको तुलनामा कर्जा प्रवाह ४.४७ प्रतिशतले बढेको छ।

 

 

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै