काठमाडौँ। गरिमा विकास बैंकले संस्थापक सेयर बिक्रीमा राखेको छ। बैंकले ८३ हजार बढी कित्ता सेयर बिक्रीमा राखेको हो ।
बैंकको संस्थापक समूहको ८३ हजार ८२३.४५ कित्ता सेयर बिक्रीमा राखिएको हो। हाललाई यो सेयरमा बैंकका संस्थापक सेयरधनीहरुले मात्रै खरिदका लागि निवेदन दिन सक्नेछन्।
इच्छुक संस्थापक सेयरधनीले ३५ दिनभित्र सेयर खरिदका लागि काठमाडौंको लाजिम्पाटस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्नेछ।
तोकिएको अवधिभित्र संस्थापक सेयरधनीहरुबाट निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई सेयर बिक्री खुला गरिने बैंकले जनाएको छ।


