काठमाडौँ। बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपुरका महालक्ष्मी नगरपालिका ५ टिकाथली बस्ने रौतहट घर भएका ४१ वर्षीय ईश्वर कुमार घिमिरे रहेका छन् ।
जिल्ला अदालत ललितपुरबाट उक्त मुद्दामा २०८१ पुस १ गतेको फैसलाले बिगो ४६ लाख रुपैयाँ बापत २ वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका ३२ नरेफाँटबाट पक्राउ गरेको हो ।
ईश्वर कुमार घिमिरेलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुर पेश गरिएको प्रहरीले जनाएको छ।

