चेक बाउन्स मुद्दामा ६७ वर्षीय फणिन्द्र नेपाल पक्राउ

काठमाडौँ। चेक अनादर मुद्दामा एक जना व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा काठमाडौँ बूढानीलकण्ठ नगरपालिका १० का ६७ वर्षीय फणिन्द्र नेपाल रहेका छन्।

दुई वर्ष कैद सजाय भई फरार रहेका उनलाई बूढानीलकण्ठबाट पक्राउ गरी प्रहरीले आज सार्वजनिक गरेको हो ।

वादी युवराज खत्री र प्रतिवादी निज फणिन्द्र नेपाल भएको चेक अनादर मुद्दा (०७७-सी४-१६१५) मा काठमाडौँ जिल्ला अदालतको फैसलाले बिगोबापत दुई वर्ष कैद सजाय ठहर भई फरार रहेका निजलाई बूढानीलकण्ठ १० कटारी बस्तीबाट पक्राउ गरिएको हो।

पक्राउ परेका नेपाललाई आज फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालत बबरमहल पठाइएको प्रहरीले जनाएको छ।

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै