काठमाडौँ। विदेशमा रहेका श्रीमानको नाममा नक्कली व्यक्ति खडा गरी ४५ लाख रुपैयाँ कर्जा निकालिएको आरोपमा कास्कीकी एक महिलासहित ६ जनाविरुद्ध ठगी र किर्ते मुद्दा दायर भएको छ।
कास्कीको पोखरा महानगरपालिका ३० ढुङ्गेपाटनका मोहन बहादुर शाहीको नाममा दर्ता रहेको कास्की पोखरा ३० स्थित जग्गा धितोमा राखी उनकी श्रीमती वन्ती शाही र सुर्खेतका भद्र थापाले सहिछाप किर्ते गरी ऋण निकालेकी थिइन्।
विदेशबाट फर्किएपछि आफ्नो जग्गा धितो राखिएको थाहा पाएपछि मोहनबहादुर शाहीले जाहेरी दिएका थिए। अनुसन्धानपछि सरकारी वकिलको कार्यालयले ६ जनाविरुद्ध अदालतमा अभियोग दर्ता गर्दै सजाय र क्षतिपूर्तिको माग गरेको छ।

