ग्लोबल आइएमई बैंकका सिइओ निफ्राको अध्यक्षमा नियुक्त

काठमाडौँ। नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को अध्यक्षमा सुरेन्द्रराज रेग्मी नियुक्त भएका छन्। निफ्रा सञ्चालक समितिको बैठकले रेग्मीलाई अध्यक्ष पदमा नियुक्त गरेको हो।

सुरेन्द्रराज रेग्मी हाल ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) हुन्।

यसअघि निफ्राको सञ्चालक र अध्यक्ष पदबाट अनुज अग्रवालले राजीनामा दिएका थिए। उनी विशाल ग्रुपबाट निफ्राको सञ्चालक समितिमा प्रतिनिधित्व गर्दै आएका थिए।

सञ्चालक समितिको बैठकले निफ्रा रिक्त सञ्चालक पदमा भने दीपककुमार अग्रवाललाई नियुक्त गर्ने निर्णय गरेको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्