काठमाडौँ। नेपाल राष्ट्र बैंकद्वारा गठित कर्णाली डेभलपमेन्ट बैंकको व्यवस्थापन समूहले बैंकको सुधार प्रक्रियामा बाधा पुर्याउने अवाञ्छित गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। समूहका अनुसार समस्याग्रस्त घोषणा भएपछि बैंक सुधार, कर्जा असुली र निक्षेपकर्ताको हित संरक्षणका लागि काम भइरहेको हो ।
हालसम्म कर्जा असुलीबाट ४७ करोड ९४ लाख रुपैयाँ निक्षेप फिर्ता भुक्तानी गरिसकिएको छ।
नेपाल राष्ट्र बैंकद्वारा गठित कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडको व्यवस्थापन समूहले बैंकको सुधार प्रक्रियामा बाधा पुर्याउने गरी भइरहेका अवाञ्छित गतिविधिहरू प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
कर्जा असुलीकै आधारमा बाँकी निक्षेप भुक्तानी गर्ने र संस्थाको सुदृढीकरण गर्ने कार्य क्रमश: अगाडि बढिरहेको समूहले जानकारी दिएको छ।


