काठमाडौँ। कर्णाली डेभलपमेन्ट बैंककामा जम्मा गरेको निक्षेप फिर्ता नपाएपछि आन्दोलित बचतकर्ताहरूले राष्ट्र बैंकको कार्यालय घेराउ गरेका छन्। जेठ १८ गते सोमबार (आज) बैंककामा जम्मा गरेको निक्षेप फिर्ता नपाएपछि आन्दोलित बचतकर्ताहरूले राष्ट्र बैंकको कार्यालय घेराउ गरेका हुन्।
कर्णाली डेभलपमेन्ट बैंकमा जम्मा गरेको निक्षेप रकम फिर्ता नपाएको भन्दै आन्दोलित बचतकर्ताहरूले सोमबार नेपाल राष्ट्र बैंकको नेपालगञ्जस्थित कार्यालय घेराउ गरेका छन्।
कर्णाली डेभलपमेन्ट बैंकका आन्दोलित बचतकर्ताहरूले एक सूचना नै जारी गर्दै आफ्नो गुनासो पोखेका छन्।
उनीहरूले लेख्दै भनेका छन्, ‘जनताको बचत छिटो फिर्ता गर, पापी चोर भ्रष्टाचारीहरुको ७ पुस्ते सम्पत्ति बेचेर जनताको पैसा फिर्ता गर, नेपाल राष्ट्र बैंकका कर्मचारीहरु जनतालाई झुटा आश्वासन दिन बन्द गर, बालेन सरकार, युवाको सरकार नयाँ सरकार जनतालाई न्याय देउ।’


