बैंकहरूबीच हुने अन्तरबैंक कारोबार घट्यो

काठमाडौँ। बैंक तथा वित्तीय संस्थाबीच हुने अन्तरबैंक कारोबार घटेको पाइएको छ।  चालु आर्थिक वर्ष २०८२-८३ को पछिल्लो नौ महिना (चैतसम्म) ८ खर्ब ९२ अर्ब २१ करोड रूपैयाँको अन्तर बैंक कारोबार भएको हो।

अघिल्लो वर्षको सोही अवधिमा १५ खर्ब १२ अर्ब १२ करोडको अन्तर बैंक कारोबार भएको थियो। समिक्षा अवधिमा वाणिज्य बैंकहरुको वाणिज्य बैंकहरूको ७ खर्ब ४९ अर्ब १ करोड र अन्य वित्तीय संस्थाहरू (वाणिज्य बैंकहरूबीच बाहेक) को १ खर्ब ४३ अर्ब २० करोड गरी कुल ८ खर्ब ९२ अर्ब २१ करोडको अन्तर बैंक कारोबार भएको छ।

अघिल्लो वर्षको वाणिज्य बैंकहरूको १३ खर्ब ६३ अर्ब ८१ करोड र अन्य वित्तीय संस्थाहरूको १ खर्ब ४८ अर्ब ३१ करोड रूपैयाँ कारोबार भएको थियो।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्