विजय लघुवित्तका सिइओ बसन्त राज लम्सालले दिए राजीनामा

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) बसन्त राज लम्सालले राजीनामा दिएका छन्। उनले वैशाख २८ गते पेश गरेको राजीनामा कम्पनीको सञ्चालक समितिको बैठकले जेठ ८ गतेदेखि लागू हुने गरी स्वीकृत गरेको हो।

संस्थाले जारी गरेको सूचनाअनुसार सञ्चालक समितिको सोही बैठकले अर्को व्यवस्था नभएसम्मका लागि संस्थाको दैनिक कार्य सञ्चालनको जिम्मेवारी वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सरोज घिमिरेलाई दिएको छ।

समितिले घिमिरेलाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको रूपमा सिइओको अधिकार तथा जिम्मेवारी प्रयोग गर्ने गरी जिम्मेवारी तोकेको जनाएको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्