गणपति लघुवित्तकाे बाँसगढी शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौँ। गणपति लघुवित्तकाे बाँसगढी शाखाले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। लघुवित्तकाे शाखा कार्यालय बाँसगढी बर्दियाद्धारा आयाेजित एक दिने वित्तीय साक्षरता कार्यक्रम वैशाख ३१ गते बिहिवारका दिन बाँसगढीमा सम्पन्न भएकाे हो ।

संस्थामा आवद्ध ग्राहक सदस्यहरुमा वित्तीय सचेतना तथा वित्तीय शिक्षा सम्बन्धि छलफल एवं अन्तक्रियात्मक प्रस्तुतिमा बाँसगढी अनुगमन कार्यालयका अनुगमन अधिकृत दिपेन्द्र सापकाेटाले गरे ।

साे क्रममा वित्तीय साक्षरता संगै समग्र केन्द्रबाट उपस्थित केन्द्र प्रमुखहरुकाे काम, कर्तव्य र भुमिकाका बिषयमा पनि छलफल तथा अन्तक्रिया संचालन भयाे । उक्त कार्यक्रममा शाखा कार्यालय बाँसगढी अन्तर्गत संचालित केन्द्रहरु मध्ये बार्षिक मुल्यांकनकाे आधारमा उत्कृष्ट ३ केन्द्रहरुलाई सम्मान, उत्कृष्ट व्यवसायी र सर्वाेत्कृष्ठ बचतकर्तालाई समेत कदर पत्रद्धारा सम्मान गरिएकाे थियाे ।

जम्मा ५४ जना ग्राहक सदस्यहरुकाे सहभागिता रहेकाे वित्तीय साक्षरता कार्यक्रमकाे अध्यक्षता केन्द्र नं. १०९  कि सदस्य कल्पना खत्रीले गर्नु भएकाे थियाे भने कार्यक्रम संचालन उक्त शाखाका बरिस्ठ सहायक सुदन थारुले गरेका थिए ।

 

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै