आरबीआईको डेपुटी गभर्नरमा रोहित जैन नियुक्त

काठमाडौँ। भारतीय रिजर्व बैंक अफ इन्डिया (आरबीआइ) को डेपुटी गभर्नरमा रोहित जैन नियुक्त भएका छन्। उनी तीन वर्षका लागि सो पदमा नियुक्त भएको भारतीय संचारमाध्यमहरूले जनाएका छन्।

उनले टी रबी शंकरको स्थान लिएका हुन्। टी रबी शंकरको कार्यकाल शनिबार समाप्त भएको थियो।

आरबीआइ ऐन, १९३४ अनुसार केन्द्रीय बैंकमा चार जना डेपुटी गभर्नर रहने व्यवस्था छ। जसमा दुई जना संस्थाभित्रबाट, एक जना वाणिज्य बैंकिङ क्षेत्रबाट र एक जना मौद्रिक नीति विभागको नेतृत्व गर्ने अर्थशास्त्री हुने प्रावधान छ।

हालका अन्य तीन डेपुटी गभर्नरहरू स्वामीनाथन जे, पूनम गुप्ता र एस.सी. मुर्मु रहेका छन्।

टी रबी शंकरलाई पहिलो पटक सेप्टेम्बर २०२१ मा तीन वर्षका लागि नियुक्त गरिएको थियो। त्यसपछि उनको कार्यकाल २०२४ र पुन: २०२५ मा एक-एक वर्षका लागि थप गरिएको थियो।

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै