PRABHU BANK

राष्ट्रिय वाणिज्य बैंकको २४१औं शाखा सुर्खेतमा, प्रकाश ज्वालाद्धारा उद्घाटन

Rastriya Banijya Bank
  • बैंकिङ संसार
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले थप १ नयाँ शाखा कार्यलय संचालनमा ल्याएको छ । बैंकले सुर्खेत जिल्लाको विरेन्द्रनगर नगरपालिका वडा नं-६ मा शाखा कार्यालय सञ्चालनमा ल्याएको हो । 
कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री माननीय प्रकाश ज्वालाले साइनबोर्ड अनावरण गरी उक्त शाखा कार्यालयको आईतबार समुदघाट्न गरेका हुन् । बैंकले सुर्खेतमा संचालन गरेको शाखा बैंकको २४१औं शाखा कार्यालय हो ।
उक्त अवसरमा कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री माननीय प्रकाश ज्वालाले राष्ट्रिय वाणिज्य बैंक पूर्ण सरकारी बैंक भएकाले सरकारलाई सहयोग गर्नुपर्ने र बैंक नाफामुखी भन्दा पनि थप सेवामुखी हुनुपर्ने बताएका छन् ।
यस्तै उनले महामारीको समयमा पनि बैंकले शाखा स्थापना गरी कर्णालीवासीलाई थप बैंकिङ सेवा उपलब्ध गराएकोमा बैंक परिवारलाई धन्यवाद व्यक्त पनि गरेका छन् । 
बैंकको कर्णाली प्रादेशिक प्रबन्धक रामकुमार थापाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल राष्ट्र बैंक कर्णाली प्रादेशिक कार्यालयका प्रमुख डा.शालीकराम पोख्रेलले शाखाको सफलताको शुभकामना व्यक्त गरे ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै