PRABHU BANK

समृद्धि फाइनान्सको ३६ करोड रुपैयाँ बराबरको हकप्रद सेयर असोजबाट बिक्री खुल्ला हुने

Samriddhi Finance
  • बैंकिङ संसार
काठमाडौं । समृद्धि फाइनान्स लिमिटको हकप्रद सेयर बिक्री खुला हुने भएको छ । कम्पनीको हकप्रद सेयर असोज १६ गते देखि बिक्री खुला हुने भएको हो । कम्पनीले चुक्ता पूँजीको २०० प्रतिशत बराबरको १०० रुपैयाँ अंकित दरमा ३६ करोड ३९ लाख ६० हजार ६ सय रुपैयाँ बराबरको हकप्रद सेयर बिक्री खुला गरेको हो ।
कम्पनीले ३६ लाख ३९ हजार ६ सय ६ कित्ता हकप्रद सेयर बिक्री खुल्ला गरेको हो । इच्छुक सेयरधनीहरुले कात्र्तिक ६ गतेसम्म आवेदन दिन पाउनेछन् । उक्त आवेदन भने भदौ ११ गतेसम्म कायम सेयरधनीहरुले मात्र दिन पाउनेछ । 
हकप्रद सेयर निष्काशनका लागि कम्पनीले भदौ १२ गते बुक क्लोज गरेको थियो । फाइनान्सको हकप्रद सेयरको बिक्री प्रबन्धकमा बीओके क्यापिटल रहेको छ । यसैगरी बीओके क्यापिटल मार्केटको विभिन्न शाखामार्फत पनि हकप्रद सेयर भर्न पाउनेछ ।
फाइनान्सको हकप्रदलाई क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्राएनपि आईपीओ ग्रेड ५’ रेटिङ्ग प्रदान गरेको छ । उक्त रेटिङ्गले फाइनान्सको वित्तीय आधारभुत अवस्था औषतभन्दा तल आधार रहेको जनाउँछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै