जनउत्थान सामुदायिक लघुवित्तमा काम गर्ने हो ?

काठमाडौँ। जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ। लघुवित्तले एक सूचना जारी गर्दै विभिन्न पदका लागि कर्मचारी माग गरेको हो।

लघुवित्तले विभिन्न शाखा तथा केन्द्रीय कार्यालयका लागि कर्मचारी माग गरेको हो ।

लघुवित्तले कनिष्ठ अधिकृत पदमा २ जना, वरिष्ठ सहायक पदमा ४ जना, कनिष्ठ सहायक र प्रशिक्षार्थी सहायकमा केही संख्याले कर्मचारी माग गरेको छ ।

इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरूले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र अर्थात चैत २५ गतेभित्र आवेदन दिन सक्नेछन्। आवेदन अनलाइनमार्फत दिन सकिनेछ।

आवेदन दिनको लागि न्युनतम एसएलसीदेखि स्नाकोत्तर तहसम्मको शैक्षिक योग्यता भएको हुनुपर्ने लघुवित्तले जनाएको छ।

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै