एनआईसी एशिया बैंकका ४४ वटा शाखा मर्ज हुँदै

काठमाडौँ। एनआईसी एशिया बैंकका ४४ वटा शाखा मर्ज हुने भएका छन्। बैंकले एक सूचना जारी गर्दै अफ्फ्ना ४४ वटा शाखा मर्ज गर्ने जनाएको हो।

बैंकले देशका ६ महानगरपालिका भित्र रहेका ४४ वटा शाखा कार्यालय मर्ज गर्ने भएको हो ।

बैंकले आगामी वैशाख ३ गतेदेखि लागू हुने गरी शाखा समायोजन प्रक्रिया अघि बढाएको हो । बैंकका अनुसार काठमाडौं महानगरपालिकामा २६, ललितपुरमा ६, पोखरामा ६, विराटनगरमा ३, विरगञ्जमा २ र भरतपुरमा १ शाखा मर्ज गरिने छन् ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्