हिमालयन बैंकले १० प्रतिशत संस्थापक सेयर सर्वसाधारणमा परिणत गर्ने

काठमाडौँ। हिमालयन बैंकले संस्थापक सेयर सर्वसाधारणमा परिणत गर्ने भएको छ। बैंकले १० प्रतिशत संस्थापक सेयर सर्वसाधारणमा परिणत गर्ने भएको हो ।

बैंक सञ्चालक समितिको आइतबार बसेको बैठकले बैंकको १० प्रतिशत संस्थापक शेयर सर्वसाधारणमा परिणत गर्ने निर्णय गरेको हो।

उक्त निर्णय नेपाल राष्ट्र बैंकको प्रचलित निर्देशनको व्यवस्थाअनुसार हाल कायम रहेको पुँजीका आधारमा संस्थापक शेयर सर्वसाधारणमा परिणत गर्ने प्रक्रिया बढाउनका लागि गरिएको बैंकले जनाएको छ।

हाल बैंकका संस्थापक सेयरधनीको स्वामित्व ७० प्रतिशत र सर्वसाधारण शेयरधनीको स्वामित्व ३० प्रतिशत रहेको छ। सेयर परिमार्जनपछि बैंकमा संस्थापक सेयरधनीहरुको सेयर स्वामित्व ६० प्रतिशत र सर्वसाधारणको ४० प्रतिशत कायम हुनेछ।

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै