गरिमा विकास बैंकका सेयरधनीको स्वामित्वमा रहेको संस्थापक समूहका सेयर विक्रीमा

Garima Bikas Bank
  • बैंकिङ संसार
काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले संस्थापक समूहको सेयर बिक्री गर्ने भएको छ । बैंकको सेयरधनीको स्वामित्वमा रहेको संस्थापक समूहका सेयर विक्री गर्ने भएको हो । बैंकका सेयरधनीहरुले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री गर्नको लागि गरिमा विकास बैंकलाई निवेदन दिएको थियो । 
त्यस कारण बैंकले एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम बैंकका संस्थापक सेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुलाई निवेदन दिन आग्रह गरेको छ । 
यसैगरी यो सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र अर्थात कार्तिक १४ गतेसम्ममा आवश्यक कागजपत्र संकलन गरेर निवेदन दिन आग्रह पनि बैंकले गरेको छ ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै