PRABHU BANK

सिभिल बैंकले गर्यो किसान समृद्धि कार्ड सेवाको सुरुवात, ५ लाखसम्म कर्जा पाईने

Civil Bank
  • बैंकिङ संसार
काठमाडौं । सिभिल बैंकले किसान समृद्धि कार्ड सेवाको सुरुवात गरेको छ । समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको बैंकले किसानहरुको समृद्धिको लागि किसान समृद्धि कार्ड सेवाको सुरुवात गरेको हो । देशको कृषि क्षेत्रलाई प्रोत्साहन गर्ने निती अनुरुप सम्पूर्ण कृषकहरुको समृद्धिको लागि बैंकले उक्त कार्ड सेवाको सुरुवात गरेको हो ।
कुनै पनि कृषि पेशामा आवद्ध ग्राहकहरुलाई लक्षित गरी ल्याइएको यो सेवाबाट कृषि कार्यबाट प्राप्त हुने आम्दानीलाई नियमित रुपमा बचत गर्दै जाने तथा आवश्यक परेको समयमा उक्त रकम झिक्ने र नपुग भएमा सोहि खाताबाट कर्जाको रुपमा बढि रकम पनि झिक्न सकिने व्यवस्था बैंकले गरेको छ । यो ऋण सुविधा लिन खेतीयोग्य जमीनलाई पनि धितोको रुपमा राख्न सकिनेछ र प्रति कृषक परिवार ५ लाख रुपैयाँसम्मको ऋण सुविधा पनि बैंकले उपलब्ध गराउने भएको छ । 
यस सुविधा प्राप्त गर्नको लागि ग्राहकले बैंकमा सम्पर्क गरी वचत खाता खोल्नु पर्नेछ । उक्त खातामा ग्राहकको वचत भएसम्म बैंकले व्याज प्रदान गर्ने भएको छ । यस्तै खातामा भएको वचत भन्दा बढि रकम झिकेमा बैकलाई व्याज बुझाउनु पर्नेछ । हरेक त्रैमासको अन्तमा ग्राहकलाई दिने र बैंकलाई बुझाउने खूद व्याज रकमको गणना हुने भएको छ । 
यो ऋण सुविधा कृषिलाई मुख्य पेशाका रुपमा अँगाल्ने कृषकहरुलाई ओभर ड्राफ्ट कार्डको माध्यमबाट एक निश्चित ऋण सीमा तोकेर उपलब्ध गराउनेछ । सोही रकम आफूलाई आवश्यक परेको समयमा सजिलै उपयोग गर्न सकिनेछ । यो ऋण सुविधा उपभोग गर्नको लागि कुनै फर्म दर्ता नभए पनि हुने बैंकले जनाएको छ ।
नेपाल राष्ट्र बैंकले जारी गरेको निेर्देशनअनुसार यस सुविधाको व्याजदरमा ५ प्रतिशत अनुदान प्राप्त हुने भएकोले न्युन व्याजदरमै यो सुविधा उपभोग गर्न सकिने भएको छ । कोरोनाको महामारीलाई मध्यनजर गर्दै कृषि उत्पादन बढाउन सहयोग र प्रोत्साहन गर्न बैंकले यस्तो सुविधा ल्याएको हो ।
बैंकले देशभरी १ सय १४ वटा शाखा, ५ वटा शाखारहित बैंकिङ सेवा र २ वटा एक्स्टेन्सन काउन्टरमार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ । बैंकका हालसम्म ४ लाख ७० हजार भन्दा बढी ग्राहकहरु रहेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै