PRABHU BANK

नागरिक लगानी कोषले पेन्सन सम्बन्धि कारोबार एनआईसी एशिया बैंकसँग मात्र गर्ने

Nic Asia Bank
  • बैंकिङ संसार
काठमाडौं । नागरिक लगानी कोष र एनआईसी एशिया बैंकबीच सम्झौता भएको छ । कोषले एक्स्क्लुसिभ बैंकिङ पार्टनरमा एनआईसी एशिया बैंकलाई नियुक्त गर्ने सम्बन्धि उक्त सम्झौता भएको हो । नागरिक लगानी कोषको ‘नागरिक पेन्सन योजना’ को कारोबार एनआईसी एशिया बैंकबाट मात्र हुने र अरू बैंकबाट यो कारोबार नहुने बैंकले जनाएको छ । 
एनआईसी एशिया बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र कोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपालले उक्त सम्झौता पत्रमा हस्तारक्षर गरेका छन् । शुक्रबार असोज ११ बैंक र कोषबीच सम्झौता भएको हो । 
देशको अग्रणी सार्वजनिक वित्तीय संस्था नागरिक लगानी कोषसँग हातेमालो गरी पेन्सन योजनाको एक्स्क्लुसिभ बैंकिङ पार्टनर हुन सम्झौताले आम सर्वसाधरण नागरिकको जीवनमा सकारात्मक परिवर्तन ल्याउने विश्वास बैंकले लिएको छ । 
यस पेन्सन योजना अन्तर्गत आय आर्जन गर्ने, प्रचलित कानून बमोजिम स्थापना भएका संघ, संस्था एवं प्रतिष्ठानमा कार्यरत श्रमिक/कर्मचारी, स्वरोजगारमा रहेका सर्वसाधारण र गैर-आवासीय तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरू सहभागी हुन सक्नेछन् । ‘जवानीमा कमाऔं, जमाऔं र बुढेसकालमा रमाऔं’ भन्ने नाराको साथ ल्याईएको उक्त योजनामा सम्पूर्ण नेपाली नागरिकहरू सहभागी हुन सक्नेछन् । 
यस योजनाका सहभागीहरूले न्यूनतम मासिक ५ सय रुपैयाँदेखि अधिकतम आम्दानीको क्षमता अनुसार १० ले भाग जाने संख्यामा मासिक किस्ता रकम जम्मा गर्न सक्ने प्रावधान रहेको छ ।
पेन्सन योजनामा सहभागी हुनेले एनआईसी एशिया बैंकमा रहेको कोषको खाता नम्बर ०५४४१५१०३५२१७०१२ मा किस्ता रकम जम्मा गर्न सक्नेछन् । बैंकले नागरिक पेन्सन योजनाका सहभागीहरूले बैंक नै नगई जुनसुकै स्थानबाट जुनसुकै समयमा अनलाइन माध्यमबाट किस्ता रकम भुक्तानी गर्न मिल्ने तयारी गरिरहेको जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै