काठमाडौँ। नेपाल लाइफ इन्स्योरेन्स फेरि कारवाहीमा परेको छ। नेपाल बीमा प्राधिकरणले बीमा ऐनअन्तर्गत काम नगर्ने कम्पनीलाई कारवाही गरेको हो।
मनपरीले हद नाघेपछि नेपाल लाइफ इन्स्योरेन्स कारवाहीमा परेको छ।
प्राधिकरणले ऐनअनुसार पाल लाइफ इन्स्योरेन्सलाई २ लाख जरिवाना गरेको छ। कम्पनीले बीमा सम्बन्धी निर्देशिका र कानुनी प्रावधानहरू पूर्ण रूपमा पालना नगरेपछि कारवाही गरिएको प्राधिकरणले जनाएको हो।
यसअघि पनि थुप्रै कम्पनीलाई यस्ता विषयमा सचेत गराइएको भए पनि सन्तोषजनक सुधार नदेखिएपछि जरिवाना लगाइएको थियो।

