सिन्धु विकास बैंकको शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न

काठमाडौँ। सिन्धु विकास बैंकले देशका विभिन्न शाखामार्फत साताव्यापी वित्तीय साक्षरता तथा शैक्षिक सामग्री वितरण कार्यक्रम सञ्चालन गरेको छ ।

हेटौंडा, पर्सा, विकासचोक, चौतारा, ठोकर्पा, पाँचखाल तथा नारायणगढ शाखाहरू र कर्पोरेट कार्यालय बनेपाबाट विद्यालयहरूमा वित्तीय साक्षरता कार्यक्रम, विपन्न विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण तथा सम्बन्धित क्षेत्रका बैंक तथा वित्तीय संस्थाहरूसँगको सहकार्यमा सचेतनामूलक प्रभातफेरी कार्यक्रमहरू सम्पन्न गरिएका छन् ।

उक्त कार्यक्रमहरूमा विद्यालय व्यवस्थापन समिति, शिक्षक, विद्यार्र्थी तथा बैंकका कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो ।

कार्यक्रममार्फत बचत, लगानी तथा डिजिटल बैंकिङ सम्बन्धी जानकारी प्रदान गरिएको छ ।

यस बैंकका कामु प्रमुख कार्यकारी अधिकृत गणेश कुमार केसीले बैंकले आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाए ।

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै