HIMALAYAN LIFE

हिमालयन बैंकका बैंक मेनेजरमाथि हातपात गरेको आरोपमा एक महिला प्रहरी नियन्त्रणमा !

काठमाडौँ । हिमालयन बैंककी बैंक प्रमुखमाथि हातपात गरेको आरोपमा तानसेनकी एक महिलालाई पहरीले नियन्त्रणमा लिएको छ । हिमालयन वैंक पाल्पा शाखाका प्रवन्धक माथि हातपात गरेको अभियोगमा रेग्मी जनरल सप्लायर्स र रेग्मी स्टोर्स पाल्पा तानसेनकी प्रोप्राराईटर मन्जु रेग्मीलाई प्रहरीले पक्राउ गरेको हो ।
ऋण नपाएको झोकमा बैंकका मेनेजर प्रकाश सुवेदीमाथि २०८२ माघ २५ गते दिउसो करिव ३ बजेको समयमा हातपात गरेको आरोप उनीमाथि छ ।
उनी शुक्रबार पक्राउ परेकी हुन् । ‘रेग्मी जनरल सप्लायर्स’ र ‘रेग्मी स्टोर्स’की प्रोप्राइटर रहेकी उनले ऋण नपाएको आक्रोशमा २०८२ माघ २५ गते दिउँसो करिब ३ बजे बैंकका शाखा प्रमुख प्रकाश सुवेदीमाथि हातपात गरेको आरोप बैंक मेनेजरको छ । यता रेग्मीले भने आफूमाथि लागेको आरोप गलत भएको दाबी गरेकी छिन् ।

बैंकिङ संसारलाई स्वेक्षिक सहयोग अभियान

बैंकिङ संसारलाई स्वेक्षिक सहयोग अभियान

पाठक हाम्रा भगवान् हुन् । भगवानसँग सहयोगको विनम्र अनुरोध गर्न नमिल्ने कुरै भएन । त्यसैले हामी हाम्रा भगवानरुपी पाठकलाई हामीलाई स्वेक्षिक सहयोग गर्न अनुरोध गर्दछौँ । बैंकिङ संसार डटकममा प्रकाशित हुने प्रिमियम स्टोरी निर्माणमा सहयोग गर्न चाहानुहुन्छ भने तपाईंहरु पनि 'स्वेक्षिक सहयोग अभियान'मा सहभागी हुन सक्नुहुनेछ । सो रकमलाई हामी बैंकिङ क्षेत्रका प्रिमियम स्टोरीहरु तयार गर्न प्रयोग गर्नेछौँ ।