सामुदायिक लघुवित्तले बोलायो १२औं वार्षिक साधारण सभा, यस्ता छन् प्रस्ताव ?

काठमाडौँ। सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सेयरधनीहरुलाई १२ औँ वार्षिक साधारण सभामा बोलाएको छ। संस्थाको चैत ३ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले सो सभा चैत २७ गते शुक्रबार काभ्रेपलान्चोकको बनेपा ७ स्थित होटेल उग्र चण्डीको सभा हलमा बोलाएको हो।

सभा बिहान ११ बजेदेखि सुरु हुनेछ। उक्त साधारण सभाले विशेष प्रस्ताव अन्तर्गत कम्पनीको हाल संस्थापक सेयर समूह र सर्वसाधारण समूहको सेयर क्रमश: ६१.११ २ ३८.८९ रहेकोमा साबिक सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक सेयरधनीको नाममा रहेको संस्थापक सेयर मात्र संस्थाको कूल चुक्ता पुँजीको ८.६५ प्रतिशतले सर्वसाधारण सेयरमा परिवर्तन गरी संस्थापक सेयरधनीको तर्फबाट ५३.७२ प्रतिशत र सर्वसाधारण समूहको तर्फबाट ४६.२८ प्रतिशत सेयर स्वामित्व हुने गरी पुँजी संरचना परिवर्तन गर्ने प्रस्ताव पारित गर्नेछ।

त्यस्तै, यस वित्तीय संस्था अन्य लघुवित्त वित्तीय संस्थासँग गाभ्ने-गाभिने कार्य सम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने जस्ता प्रस्ताव पारित गर्नेछ।

त्यसैगरी, आर्थिक वर्ष २०८१-०८२ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०८१-०८२ को लेखा परीक्षकको प्रतिवेदन सहित २०८२ असार मसान्तसम्मको वासलात तथा आर्थिक वर्ष २०८१-०८२ को नाफा र नोक्सान हिसाब, नगद प्रवाह विवरण गर्ने लगायतका विवरण तथा अनुसूचीहरू छलफल गरी पारित गर्नेछ।

योसँगै, कम्पनी ऐन, २०६३ को दफा १११ तथा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ६३ अनुसार आर्थिक वर्ष २०८२-०८३ को लेखा परीक्षण गर्न लेखा परीक्षण समितिबाट सिफारिस भए अनुसार लेखा परीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्नेछ। सो साधारण सभा प्रयोजनका लागि चैत १८ कम्पनीको सेयर दाखिला खारेजीको कार्य बन्द (बक क्लोज) गर्ने निर्णय गरेको छ।

जसअनुसार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा चैत १७ गतेसम्म कारोबार भई प्रचलित कानुन बमोजिम कम्पनीको सेयर रजिस्ट्रार लक्ष्मी सनराइज क्यापिटल लिमिटेडमा प्राप्त सेयर नामसारीको लिखितको आधारमा सेयरधनी दर्ता किताबमा कायम सेयरधनीहरूले सो सभामा भाग लिन तथा मतदान गर्न पाउनेछन्।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्